चितवन-चितवनको भरतपुर महानगरमा गठबन्धन र एमालेबीच रोचक प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ११९ मतान्तरले अगाडि छिन् । एमालेका विजय सुवेदीले टक्कर दिइरहेका छन् । रेनुले ६३ सय १९ मत प्राप्त गर्दा सुवेदीले ६२ सय मत ल्याएका छन् ।
एमालेका सुवेदीले ६ हजार २०० मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत पाएका छन् । उपमेयरमा कांग्रेसका अधिकारीले ७ हजार ६९९ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत पाएकी छिन् । भरतपुरमा १ लाख २७ हजार मत छ । अझै एक लाखभन्दा धेरै मतगणना हुन बाँकी छ ।
Post Views: 305