बालेन शाहकाे मत ११ हजार पुग्याे, केशव स्थापित ५ हजार ५७ मतले पछि

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ ।

अहिलेसम्म २८ हजार ७ सय मत गन्दा शाहले ११ हजार १३ मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँकाा प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार ५७ मतले पछि हुनुहुन्छ । स्थापितले ५ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएकाे छ ।

मेयरमै गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ९ सय ७८ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगाेलले पनि फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ ।

डंगाेलले ११ हजार ३३ मतसहित अग्रता लिइरहनुभएकाे छ । गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार २ सय २८ मत प्राप्त गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...