देवचुली नगरपालिका वडा नं ७ ले वडाध्यक्षमा महिला नेतृत्व पाएको छ । वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार दिनुभएकी भूमिसरा आले प्यानल सहित विजयी हुनुभएको छ ।
भूमिसराले आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार भूपराज पाठकलाई पराजित गर्नुभएको हो ।
देवचुली नगरपालिकाका १७ वटै वडामध्ये एकवटा वडाबाट मूमिसरा आलेले महिलाबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
यसैगरि महिला वडा सदस्यमा रुपा काफ्ले, दलिततर्फ आशा वि.क, खुल्ला वडा सदस्यतर्फ खिलकुमारी तामाङ र ओम प्रकाश तिवारी गरि नेकपा एमाले प्यानल नै विजयी भएको छ ।
Post Views: 196