जेष्ठ २ , देवचुली। देवचुली नगरपालिका वडा नं १७ मा नेकपा एमालेका चार सदस्य सहित गणेश चालिसे (दिपक ) विजयी भएका छन् । वडा नं १७ को वडाध्यक्षमा नेकपा एमालेका गणेश प्रसाद चालिसे विजयी भएका हुन् । चालिसेले १ हजार ६ सय ८८ मत प्राप्त गरेर अग्रता हासिल गरेका छन् । चालिसेका प्रतिद्वन्दी नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार गोविन्द प्रसाद सापकोटाले १ हजार ३ सय ८९ मत ल्याएर पराजित भएका छन् । चालिसेले २ सय ९९ मतले सापकोटालाई पराजित गरेका हुन् ।
यसैगरि महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी महतोले १ हजार ५ सय ४२ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धन) की गंगा पाइजाले १ हजार ४ सय ४६ मत ल्याएर पराजित भएकी छिन् । महतोले पाइजालाई ९६ मतले हराएकी छन् ।
यता दलित महिला तर्फ नेकपा एमालेकी तारा वि.कले १ हजार ५ सय १५ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्दी नेपाली काँग्रेस गठबन्धनकी लुमा कुमारी सुनारले १ हजार ४ सय ४३ मत प्राप्त गरेर पराजित भएकी हुन् । तारा र लुमामा जम्मा ७२ मतले फरक छ ।
यसैगरि सदस्यमा नेकपा एमालेका मुक्ती तामाङले १ हजार ४ सय ६१ मत प्राप्त गर्दा नेपाली काँग्रेस गठबन्धनका नारायण थनेतले १ हजार ३ सय ८१ मत ल्याएर पराजित भएका छन् । तामाङले थनेतलाई ८० मतले पराजित गरेका हुन् । वडासदस्यमा नेपाली काँग्रेस गठबन्धनका बिहारी लाल तामाङ्गले १ हजार ४ सय ५० मत ल्याउँदा नेकपा एमालेका लाल बहादुर चौधरीले १ हजार ३ सय ८९ मत प्राप्त गरेर पराजित भएका हुन् ।