देवचुलीमा सबै भन्दा धेरै मतदाता वडा नं १७ र सबै भन्दा कम वडा नं ८ मा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख ३० गते स्थानिय निर्वाचनको लागी देवचुली नगरपालिकामा ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। मतदानका लागी प्रत्येक वडा भित्र रहेका बिधालय , सहकारी , पुस्तकालय लगायतका भवनको परिसरलाई मतदान केन्द्र बनाइएको छ।

निर्वाचन अधिकृतको कार्यालय देवचुलीको तथ्याङ्कका अनुसार देवचुली नगरपालिकामा ३६ हजार ८ सय ६९ जना मतदाता रहेका छन्। हाल सबै भन्दा धेरै देवचुली १७ मा ४ हजार ८ सय ६१ जना र सबै कम ९ सय ६० जना मतदाता देवचुली ८ मा रहेको छ।

यस्तै देवचुली १ मा २ हजार १ सय ४७ जना , देवचुली २ मा १ हजार २ सय ८६ जना , देवचुली ३ मा १ हजार १ सय ३० जना , देवचुली ४ मा १ हजार ९ सय ६४ जना , देवचुली ५ मा १ हजार ७ सय ७४ जना , देवचुली ६ मा १ हजार २ सय १४ जना , देवचुली ७ मा १ हजार ६ सय ८१ जना , देवचुली ९ मा २ हजार ३ सय ८० जना , देवचुली १० मा २ हजार २ सय ८१ जना , देवचुली ११ मा २ हजार ४ सय ५१ जना , देवचुली १२ मा २ हजार ४ सय ७५ जना , देवचुली १३ मा १ हजार ८ सय २ जना , देवचुली १४ मा १ हजार ९ सय २४ जना , देवचुली १५ मा २ हजार ४ सय ६६ जना र देवचुली १६ मा ४ हजार ८३ जना मतदाता रहेका छन्।

देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार नगरपालिकाको १५ वटा वडामा एक एक वटाको दरले र वडा न १४ र वडा न १६ मा दुई वटाको दरले मतदान स्थल रहेको छ। यो संगै निर्वाचन अधिकृतको कार्यालय देवचुलीले सम्पूर्ण नगरवासीहरुलाई आ आफ्नो केन्द्रमा गई बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म मतदान गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...