नवलपरासीमा सडक दुर्घटना , मोटरसाइकल चालकको मृत्यु

नवलपरासी पश्चिम  । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं १० नदवामा जय गुर्गा पेट्रोल पम्प र पेप्सी कम्पनीको अगाडि ठूलो सडक दुर्घटना भएको छ । पुर्व देखि पश्चिम दिशातिर गईरहेको टिप्पर र पश्चिम देखि पुर्व दिशातिर गैरहेको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको घटनास्थलमा ज्यान गएको स्थानियले बताएका छन् ।
टिप्पर गति तिब्र भएको कारणले उक्त मोटरसाइकललाई लगभग १०० मिटिर सम्म अगाडि टिप्परले किचेर लगेको प्रत्यक्षदर्शीले बताएका हुन ।


घटनास्थलमा निधन भएका मोटरसाइकल चालक रामग्राम नगरपालिका वडा नं ६ अ‍ैचावलका हरिद्वार यादव हुन उनको पुरानो घर अ‍ैचावल र नया घर पोखरापालीमा पनि छ । उनी परासीदेखि पोखरापालि आउने क्रममा बुधबार लगभग ८ बजेर ४५ मिनेटमा सडक दुर्घटना भएको जानकारी स्थानियबासीले दिएका हुन। अहिले टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ । यसबारे थप जानकारीका लागि प्रहरीलाई सम्पर्क गर्दा प्रहरीको फोन नउठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search