पोखरा म.न.पा-१ मा अधिकारिको सम्भावना बढदो, वडालाइ भ्रष्टाचार मुक्त बनाउने संकल्प

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख २७, पोखरा।  पोखरा महानगरपालिका वडा न. १ मा ने.क.पा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका भानुभक्त अधिकारिको सम्भावना बढदो क्रममा रहेको छ। यस वडामा बिगत ५ बर्षमा जनताले सोचे अनुरुपको कामहरु हुन नसकेको र जनप्रतिनिधिले आश मात्रै देखाएर काम नगरेको भन्दै स्थानीय बासिहरु जनप्रतिनिधि प्रती व्यापक असन्तुष्ट रहेका छन।

स्थानियले दुरदर्शि एव प्रभावकारी भिजन भएको, सक्षम, सक्रिय र युवा नेतृत्व खोजिरहेको अवस्थामा वडाध्यक्षका उम्मेद्वार भानुभक्त अधिकारी अब्बल रहेको र उनिहरुको रोजाइमा भानुभक्त अधिकारी पर्ने कुरामा आफुहरु बिश्वस्त रहेको उनको प्यानले बताएको छ।

उमेदवारी दिए लगत्तै अधिकारिले आफू नेतृत्वमा आएपछि वडालाई भस्टचार मुक्त बनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, +२ सम्म पढाइ नि:शुल्क गर्ने, वडामा सुबिधा सम्पन्न आधारभूत स्वास्थ्य चौकी निर्माण गर्ने, बिन्दबासिनी, गाइघाट क्षेत्रको समस्या हटाउने, सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्ने, वडामा ब्यायम केन्द्र बनाउने, युवा र महिलालाई बार्षिक ३/३ वटा तालिमहरु दिने, जब सेन्टर स्थापना गर्ने, खेलकुद एकेडेमी स्थापना गर्ने, महिलाहरुको लागि भेन्डर मेसिन सहित निशुल्क सेनेटरी प्याड सहितको सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता प्रभावकारी योजनाहरुलाइ पुरागर्ने सन्कल्प लिनुभएको छ।

 

पोखरा महानगरपालिका वडा नम्बर १ मा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट वडा अध्यक्ष पदमा भानुभक्त अधिकारी,खुल्ला सदस्य पदमा रूद्र प्रसाद लुईटेल ,खुल्ला सदस्य पदमा धन बहादुर तामाङ, महिला सदस्य पदमा मिना कोइराला र महिला दलित सदस्य पदमा कल्पना दमाई चुनावि मैदानमा उत्रिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...