नवलपुर । वैशाख ३० गते हुने स्थानीय तह निवार्चनका लागी देशभरका स्थानीय तहमा तयारी तिब्र पारीएको छ । गर्भवती र सुत्केरी महिलालाई मतदान स्थलसम्म कसरी लैजाने भन्ने बिषयमा भोली छलफल गरिने नवलपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभएको छ ।
अधिकृत अर्जुन अधिकारीले भन्नुभयो ”आज रातीबाट मौन अवधि सुरुहुने भएकाले हामी अन्य तयारीमा व्यस्त छौँ । जिल्लामा रहेका सुत्केरी र गर्भवती महिलालाई मतदान स्थलसम्म कसरी लान सकिन्छ भन्ने बिषयमा भोली छलफल गर्ने छौँ ।”
अधिकारीले मतदान गर्न पाउनु सबै नागरिको अधिकार रहेकाले यसलाई रक्षा गर्दै सुत्केरी र गर्भवती महिलालाई पनि सहज तरिकाले मतदान स्थलसम्म जाने वातावरण बनाउने बताउनुभयो । यसको लागी केन्द्रसगँ सहकार्य गरेर निणर्य गरिने उहाँको भनाई छ।
Post Views: 76