चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं, २६ वैशाख। स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन्।

ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको उनले जानकारी दिए।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका-६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन्।

सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।

यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ९ जना, वाग्मती, गण्डकी र कर्णालीबाट ८/८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको हो।        अनलाईनखवरबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...