भारतमा थप ३२ सय ७ जनामा कोरोना संक्रमण, २९ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा  थप ३२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ। सोही अवधिमा कोरोनाबाट थप २९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार थप ३४ सय १० जना कोरोनामुक्त भएका छन्।

भारतमा हाल कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ४०० रहेको छ।

कोरोना संक्रमण दर तीव्र बढेपनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या न्युन रहेको मन्त्रालयले  जनाएको छ। भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ। दिल्ली,महाराष्ट्र,कर्नाटक, राजस्थान, उत्तर प्रदेश र केरलामा संक्रमण दर उच्च पाइएको हो।

सबैभन्दा एक्टिभ केस दिल्लीमा छन्। स्वास्थ् मन्त्रालयका अनुसार दिल्लीमा मात्रै ६ हजार बढी एक्टिभ केस छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search