‘देश दुर्घटनामा जान्छ’ भन्दै तर्साएर भाेट माग्न पाइँदैन : अध्यक्ष ओली

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले नागरिकलाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएकाे छ । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा हँसिया हथाैडामा भाेट नहाले देश दुर्घटनातिर जान सक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

आज आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयाे, ‘जनतालाई भय र डरविना चुनावमा सहभागी हुने वातावरण हुनुपर्छ । गठबन्धनका एक जना हर्ताकर्ता, मै हुँ भन्ने नेताले जनतालाई धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट माग्न पाइन्छ ? जनतालाई धम्क्याउनु सोझै आचारसंहिता विपरीत हो कि होइन ? यो अत्यन्तै गलत कुरा हो । अराजनीतिक कुरा हो ।’

कार्यक्रममा ओलीले आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलसँग परामर्श नगरि आचारसंहिता बनाएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आयोगले कांग्रेसको कुरा मात्रै सुनेर चुनावकाे मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताउनुभयो । अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयाे, ‘हामी राजनीतिक दलहरूसँग समेत परामर्श गरेर निर्वाचन आयोगले आचारसंहिता बनाउनुपर्ने हो । यसपटक आयोगले हामीसँग कुनै परामर्श गरेन, सत्ता गठबन्धनसँग मात्रै परामर्श गर्‍याे । नेपालमा राजनीतिक दल भनेको कांग्रेस मात्रै हो ? रङ फेर्नपर्छ भने अरू राजनीतिक दललाई बोलाउनुपर्दैन ?’

अध्यक्ष ओलीले एमालेले शताब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने सङ्कल्प लिएको बताउनुभयो । उहाँले नेकपा एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको दाबी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...