बैशाख ३० गते सवारी साधन नचल्ने, अत्यावश्यकलाई पास लिनुपर्ने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । बैशाख ३० गते सार्वजनिक साधन चल्न नपाउने भएका छन् । स्थानीय तहको निर्वाचनका दिन शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ।

निर्वाचन आयोले अत्यावश्यकीय साधनका लागि पास अनिवार्य गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ।

एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सीडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमति लिनु पर्दैन ।

अपाङ्गता भएका व्यक्तिहरुलाई तदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरिएको छ ।

यस्तो छ व्यवस्था–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...