पर्साबाट बन्दुकसहित युवक पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

वीरगञ्ज ,  पर्सा प्रहरीेले १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । सखुवाप्रसौनी गाँउपालिका १ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बन्दुक सहित पक्राउ गरेको हो।

गएराति औराहा गाउँकै मंगलबहादुर भ्लोनको घरबाहिर गोली चलेको घटनामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। गएराति बन्दुक पड्किंदा स्थानीय आतंकित भएका थिए । भ्लोनको घरको पश्चिमपट्टि बाँसको टाटीमा माटोले लिपेर बनाएको धानको बेरा राखिएको थियो । बेराबाट गोली प्रवेश गरी घरमा राखिएको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियो।

सो घटनामा महतोको संलग्नताको आशंका गरिएको थियो। उनकै घर नजीकैको नालीबाट बन्दुक फेला परेको प्रहरीको भनाई छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...