नवलपरासीमा पड्काउन ठिक्क पारिएको बिस्फोटक पदार्थ फेला पर्यो, साथमा निर्वाचन विरोधी पर्चा

नवलपरासी, नवलपरासीमा पड्काउन ठिक्क पारिएको बिस्फोटक पदार्थ फेला परेको छ । बिस्फोटक पदार्थको टुप्पोमा आगो सल्काए पनि पूरै नसल्किएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।

बिस्फोटक पदार्थसँगै राष्ट्रिय मधेश मुक्ति आर्मी र मधेश मुक्ति सेनाको पर्चा छरिएको छ । पर्चा केन्द्रीय संयोजक रञ्जन झाको नाममा निकालिएको छ । स्थानीय तहको निर्वाचन बहिष्कार भन्दै स्वतन्त्र मधेश र मधेशी सेनाको कुरो पर्चामा लेखिएको छ ।

हिन्दी भाषामा लेखिएको मुक्ति सेनाको पर्चामा वर्तमान निर्वाचन बहिष्कार किन ? भन्दै चार वटा बुँदा उल्लेख गरिएको छ । जसमा मधेशसँग गरिएको झुठो वाचा, भ्रष्टाचारी सरकार र भ्रष्ट कर्मचारीतन्त्र, पुँजीवादलाई महत्व दिँदै गरिएको भ्रष्ट व्यापार व्यवसायको विरोधमा सशस्त्र विद्रोहको घोषणा गरिने उल्लेख छ ।पर्चामा पाँचवटा नारा लेखिएको छ । जसमा मधेशी सेना जिन्दावाद, पहाडी शासक मुर्दावाद, स्वतन्त्र मधेश जिन्दावाद, नेपाली उपनिवेश मुर्दावाद र मधेशी एकता जिन्दावाद लेखिएको हो ।

जनआस्थाबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search