बैशाख २३, नवलपुर । स्थानिय निर्वाचन निजिकिँदै गर्दा विभिन्न दलहरुको कसरत बढ्दो गतिमा रहेको देख्न सकिन्छ । प्रचारप्रसार र घरदैलो कार्यक्रम सँगै आज बाट भने सबै दलका उमेदवारहरु कोणसभामा ब्यस्त भईरहेका छन । त्यसै अनुरुप एक ठूलो दल नेकपा एमालेले देवचुली १७ को विभिन्न स्थानहरुमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । प्रचार प्रसार सँगै देवचुलीका एमालेले बिहानै देखि देवचुली १७ लाई लक्षित गरी बरटाँडी , सात घरे , पिप्रहर, गौरिपुर, झरहिखोला, कुजौली, र बोटेटोल मा कोणसभा सम्पन्न गरेको हो ।
कोणसभाको क्रममा बरटाँडिका स्थानियहरुलाई जम्मागरी नेकपा एमालेको मेयर पदका उमेदवार हरि न्यौपानेले यस क्षेत्रमा भैतिक सामाजिक र आर्थिक पाटोलाई बलियो रुप बनाउन लागिपर्ने बताउनु भएको छ । बरटाँडी एक आफैमा सुन्दरतामय छ तर यसलाई कुनै पनि दलहरुले प्रथामिकता नराखेकाले धेरैनैपछी परिरहेको बताउनु भयो । यस क्षेत्रलाई पर्यटन क्षेत्र बनाएर आर्थिक पाटो बनाउन सकिने र त्यसको लागि सामुदायिक होम स्टेको ब्यबस्थापन गरि पर्यटन भित्राई नवलपुरको पहिचान बनाउन पहल गर्ने बताउनु भयो ।
कोणसभाकै क्रममा युवाहरुलाई लक्षित कार्यक्रमको खाँचो रहेको र त्यसको लागि नवलपुरका युवाहरुलाई समेटेर नयाँ योजना र बिकाशका निमित्त युवाहरुलाई नै प्रोत्साहन हुने खालका निशुल्क तालिम र स्वरोजगारको ब्यबस्था , देवचुलीमा अधिकांस कृषकहरु कृषि उपज निर्भर रहने हुँदा कृषि क्षेत्रलाई मध्यनजर गर्दै कृषि बजारिकरणको ब्यबस्था, शैक्षिक क्षेत्रमा गरिविको कारण शिक्षा नपाएका घरहरुमा निशुल्क शिक्षाको ब्यबस्था र सडक, खाने पानि र अत्यावश्यक पुर्वाधारका ब्यबस्था, देवचुलीलाई आफ्नै एक पहिचान बनाउन पर्यटनपर्वदनको ब्यबस्था, देवचुली नगरपालिकाको पहिचान गराउने देवचुली डाँडालाई आफ्नो कार्यकाल भित्र अन्तराष्ट्रिय पर्यटक भित्राउने लक्ष रहेको बताउनु भएको छ ।