नवलपुरमा मलामी गएका पुरुष नारायणी नदिमा बेपत्ता,खोजीकार्य जारी

नारायण प्रभु, बैशाख – २३ मलामी गएका एक पुरुष नारायणी नदिमा बेपत्ता भएका छन।कावासोती ६ पुर्वटोल घर भएका २९ वर्षका प्रकाश भुसाल २१ गते बुधबार बिहान देखि बेपत्ता भएका हुन। पिठौलीको घोसरघाटमा मलामी गएका भुसाल नुहाउन भनेर नदिमा पसेका थिए, हेर्दाहेर्दै नदिभित्र डुबेपछी बेपत्ता भएका उनी आजसम्म पनि फेला नपरेको स्थानीयले बताएका छन।

बुधबार बिहान उनी नदिमा डुबे लगत्तै सशस्त्र प्रहरी बल,स्थानीय र हात्तीको समेत प्रयोग गरि खोज्ने काम गरिएको थियो । फेला नपरेपछी बिहिवार पनि घरपरिवार र स्थानीयले डुङ्गा, माछा मार्ने जालीको प्रयोग गरी साँझ सम्म खोज्ने काम गरे पनि फेला नपरेको उनका भाइ रेशम भुसालले जानकारी गराएका छन।आज शुक्रबार पनि खोजी कार्य जारी रहेको भाइ रेशमले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search