देवचुलीमा प्रत्यासी उमेदवारहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख २२ , देवचुली । 

देवचुली नगरपालिकाका प्रत्यासी उमेद्वारहरु संगको अन्तरकृया तथा ककस कार्यक्रम २०७९ सम्पन्न भएको छ। कार्यक्रम स्थानिय निर्वाचनलाई लक्षित गरि उम्मेद्वारहरु संग निर्वाचन बिशेष सवालजवाफ गरिएको थियो।

रजहर जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि ईश्वर बहादुर लोहनीको सभाध्यक्ष संगै  नारायणि ईट्टा उधोगका प्रोप्राइटर बालकृष्ण महर्जनको प्रमुख आतित्थ्य्ता रहेको थियो।

जनकल्याण सामाजिक बिकाश केन्द्र फिर्केका अध्यक्ष गिरिराज गौतमको स्वागत मन्तब्य रहेको कार्यक्रममा सबै प्रत्यासि उम्मेदवारहरुले आफ्नो योजनाहरु प्रस्तुत गरेका थिए।

सोहि क्रममा स्थानिय मतदाताहरुले आफ्ना गुनासो र प्रश्नहरु राखेको कार्यक्रम संयोजक तथा जनकल्याण सामाजिक बिकाश केन्द्र फिर्केका  पुर्व अध्यक्ष अशोक थापाले बताएका छन्।

कार्यक्रममा प्रत्यासि मेयर उपमेयर र वडा न.१६ का वडा अध्यक्ष ,  स्थानीय आमा समुह , टोल बिकास संस्थाहरु ,विभिन्न क्लव तथा युवा समूह संगै स्थानिय मतदाताहरुको सहभागिता रहेको थियो।

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै राखिएको ककस कार्यक्रममा मेयर , उपमेयर साथै वडाध्यक्षहरुलाई १० मिनेटको समयावधिमा आफ्नो धारणा र देवचुली बिकाश योजना मा आफ्नो भूमिका र आफुलाई नै भेट किन त भन्ने बिषयमा सबै प्रत्यासी उमेदवार हरुले आ आफ्नो बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रम संचालन रजहर जेसिज २०२२ का सचिव जेसि प्रदिप अधिकारीले गरेका थिए।कार्यक्रम रजहर जेसिज र जनकल्याण सामाजिक बिकाश केन्द्र फिर्केको संयुत आयोजनामा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...