नेकपा एमालेका कतिपय नेताहरू फेरि मिल्ने प्रस्ताव लिएर आउँछन तर म फेरी त्यो गल्ती गर्दीन- प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कतिपय नेताहरू फेरि मिल्ने प्रस्ताव लिएर आउने गरेको दाबी गरेका छन् । त्यो गल्ती नगर्ने भनेर फर्काउने गरेको उनले बताए ।

‘एमालेका कतिपय नेताहरू हामी नै मिलौं भन्न आउँछन्, पहिला गल्ती गरें, अब दोहोर्‍याउन्न भनेर भन्ने गरेको छु,’ चितवनको भरतपुरमा बिहीवार आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘म जनताको फैसला हेर्न चाहन्छु ।’ कांग्रेसका नेताहरूले गठबन्धनको निरन्तरताको प्रतिबद्धता मागेपछि प्रचण्डले यसलाई अगाडि बढाउने/नबढाउने भन्ने जिम्मा चितवनका कांग्रेस कार्यकर्ताको हातमा रहेको बताए ।

‘यो गठबन्धनलाई अगाडि लैजान ऊर्जा दिने कि प्रचण्डलाई अरू टेन्सन दिने तपाईंहरूको हातमा छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search