देवचुलीका एमाले उमेदवारहरु अनावश्यक खर्च कटौती गर्दै प्रत्यक्ष जनताको घरघरमा

देवचुली, 
नेकपा एमाले यति बेला प्रत्यक मतदाताको घरदैलोमा कुदिरहेका छन्। नेकपा एमालेले देवचुलीको प्रत्यक टोल टोलमा गएर भोट मागिरहेका छन्। आसन्न बैशाख ३० गते स्थानिय निर्वाचनको लागी पार्टीले विभिन्न प्रतिवद्धता संगै योजनाहरु लिएर जनता सामु गइरहेको देवचुली नगरपालिका नेकपा एमालेका निर्वाचन परिचालन कमिटिका संयोजक रामप्रसाद मरासिनीले बताएका छन्।

मरासिनीले आफ्नो पार्टीले जनताको भरोसालाई उच्च प्राथमिकतामा राखेर कहिल्यै पनि निराश नबनाउने बताएका छन्। उनले य यसपालिका निर्वाचनमा आयोगले तोकेको खर्चको सिमा भन्दा पनि आधा खर्च गरि उदाहरणिय तवरले जित हासिल गर्ने बताएका छन्। अहिले निर्वाचन नजिकिए संगै नेकपा एमालेले प्रचार प्रसारको लागी वडागत रुपमा टोल कमिटि गठन गरि आफ्नो घोषणापत्र र प्रतिवद्धतापत्रको बारेमा मतदाताहरुलाई जानकारी गराइरहेका छन्।

पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गरि यस अवधिमा कुनै पनि कार्यकर्ताहरु आफ्नो वडा भन्दा बाहिर नगई जनता सँग प्रतक्ष्य सम्पर्कमा रहने , नियमित सरसल्लाह गर्ने र अनावश्यक खर्च कटौती गर्ने जस्ता कार्यक्रमलाई अगाढी बढाइरहेको छ।

नेकपा एमालेका निर्वाचन परिचालन कमिटिका संयोजक मरासिनीले राजनीति गर्नेहरु शासक नभई जनताको सेवक भएकोले खुला हृदयले जनताको सेवा गर्ने र समाजिक जागरण ल्याउन महत्वपुर्ण भूमिका खेल्नु पर्ने र व्याभिचारी र भ्रस्टचारीहरुलाई कानुनि दायरामा ल्याई कारवाही गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search