बैशाख २१ , नवलपुर।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि विभिन्न दल साथै स्वतन्त्रका उमेदवारहरु ब्यापक प्रचारप्रसारमा लागिरहेका छन् । नेकपा एमालेको तर्फबाट देवचुली नगरपालिकाको नगरप्रमुख र उप–प्रमुख पदमा उम्मेदवारी दिएका हरि प्रसाद न्यौपाने र पार्वता तिवारीले मतदाताको घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
एमालेका वडा स्तरीय उमेदवारहरु स्थानीय तहको निर्वाचन नजिँकदै गर्दा स्थानीयको घर घरमा पुगेर देवचुली नगरपालिकालाई समृद्ध नगरपालिका र देवचुली १७ लाई बिकशित वडाको सर्वोक्रिष्ट रुपमा पहिचान बनाउने प्रतिबद्धता व्यक्त गर्दै वडा परिक्रमा गरिरहेका छन् । एमालेका कार्यकर्ताहरु चुनावी गित ” सै पनि एमाले मै पनि एमाले ” गाउँदै , नाच्दै समृद्व बिकासको निमित्त एमालेलाई नै भोट दिन सबैमा आग्रह समेत गरेको थियो।
उम्मेदवारहरुले नगरपालिकाको चौतर्फी विकास गर्नका लागि नेकपा एमाले लागेको बताएका छन् । उनीहरुले नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि मुर्त योजना रहेको समेत बताए । घरदैलो अभियानमा नेकपा एमाले मेयर उपमेयर सहित विभिन्न वडाका वडाध्यक्ष र वडासदस्य उम्मेदवारहरुको सहभागिता रहेको छ ।