हुप्सेकोट गाउँपालिकाकी प्रमुख पदकी उम्मेदवार लक्ष्मी पाण्डेमाथि सांघातिक आक्रमण

हुप्सेकोट – पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिकाकी पालिका प्रमुख पदका लागि कांग्रेस उम्मेदवार लक्ष्मी पाण्डेमाथि सांघातिक आक्रमण भएको छ ।

हुप्सेकोटको वडा नं. ४ को चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा आक्रमण भएको स्थानीय कांग्रेस कार्यकर्ताले बताए । आक्रमणबाट पाण्डे सामान्य घाइते भएकी छिन् भने उनी सवार गाडी क्षतिग्रस्त भएको छ । आक्रमणकारीले छड, लाठी, भाला, खुकुरी लिएर आएको हुनाले ज्यान नै लिने उद्देश्यसहित आएको पनि ती कार्यकर्ताले दाबी गरे ।

निर्वाचन प्रचार प्रसारका क्रममा रहेकी उम्मेदवार गाउँपालिका प्रमुख उम्मेदवार पाण्डे र उपप्रमुख पूर्णसिंह रानामाथि भौतिक आक्रमण भएको जनाइएको छ ।

 

प्रचार प्रसारका क्रममा रहेका उम्मेदवारद्वयमाथि मोटरसाइकल र गाडीमा आएका समूहले एक्कासी आक्रमण गरी उनीहरु सवार गाडीलाई समेत क्षतिग्रस्त बनाएका छन् । ‘५०/६० वटा बाइक र गाडीमा आएर एक्कासी आक्रमण गरे,’ प्रचारमा उम्मेदवारद्वयसँगै हिँडेका कांग्रेस कार्यकर्ताले भने । उनले भने, ‘पक्कै पनि यो एमाले उम्मेदवारकै निर्देशनमा भएको हुनसक्छ, तर आक्रमणकारीहरु कसैलाई पनि चिन्न सकिएन, को हुन् भन्ने कुरा यकिन भएन ।’

पाण्डे हुप्सेकोट गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search