स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो ७५३ सदस्यीय प्रचार प्रसार समिति

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका ७५३ सदस्यीय केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए । ७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको देखिन्छ ।

नेविसंघको प्रचार प्रसार समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search