हत्या गरी फरार रहेका अभियुक्त गोरखामा भेटीए

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

प्रहरीले लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१, डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिना हुन् ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभु घर भएका २८ वर्षीय नरेशकुमार गौतमलाई काठमाडौं महानगरपालिका–१५, स्वयम्भुको भगवानपाउ नजिक सडक किनारमा लुटपाटपछि हत्या गरी फरार भएको प्रहरीको दाबी छ ।

गौतमको शव वैशाख २ गते भेटिएको थियो ।

फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखाको चुमनुब्री गाउँपालिका–३, जगतबाट पक्राउ गरिएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका प्रकाशलाई थप कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत, स्वयम्भूमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...