चितवनमा क्रान्तिकारी माओवादीका ९ नेता पक्राउ, निर्वाचन बिरोध गतिविधिमा संलग्न भएको आरोप

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख १८, भरतपुर चितवन।  भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकृिष्ण खनाल, मधु बजगाई. प्रेम कँडेल र मिलन क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले वैद्य माओवादीका नेता तथा कार्यकर्ताहरु स्थानीय निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेकोले उनीहरुलाई पक्राउ गरिएको बताए। उनले भने, ‘ स्थानीय निर्वाचन बहिष्कार गरौं भन्ने जस्ता नारा लगाउँदै निर्वाचन विरोधी क्रियाकलाप गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...