गठवन्धनको नाममा देशब्यापी रुपमा महिलाले पाउने अधिकार खोसियो : पाण्डे

चितवन, बैशाख १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाहरुको अधिकार खोसिएको बताएका छन् ।

रत्ननगर वडा नम्बर १६ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला हुनुपर्ने भन्दै गठबन्धनले त्यो नगरेको बताएका हुन् । उनले गठवन्धन गर्ने र उम्मेदवारी दिंदा छुट्टा छुट्टै दलहरुबाट उम्मेदवारी दिएका कारण संविधानले प्रदत्व गरेको अधिकारबाट महिलाहरु वञ्चीत हुन परेको उनको भनाई छ ।

नेकपा एमालेकै अग्रसरतामा संविधानमा महिलाहरुको अधिकार सुरक्षीता गर्ने काम गरेको दावी गर्दै केन्द्रिय तहमा गठवन्धनको नाममा देशब्यापी रुपमा महिलाले पाउने अधिकार खोसेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search