भारतमा कोरोनाको चौथो लहरको त्रास, एकैदिन थपिए ३२४६ संक्रमित

भारतमा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ३ हजार २४६ जना नयाँ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तेस्रो लहर कम हुँदै जाँदा सबै स्वास्थ्य प्रोटोकल अन्त्य भइ जीवन सामान्य रुपमा फर्किँदै गर्दा चौथो लहरको चुनौती देखिएको विज्ञहरुले बताएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी संक्रमित दिल्लीमा भेटिएका छन्। त्यहाँ १ हजार ५२० जनामा संक्रमण देखिएको छ। यससँगै दिल्लीमा सक्रिय कोरोना संक्रमितको संख्या हजार ७१६ पुगेको छ। भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार भन्दा बढी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search