दुई हप्ताकी सुत्केरी नवजात शिशु बोकेर चुनाव प्रचारमा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैतडी वैशाख, १७

बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी सुमित्रा ऐर दुई हप्ताको शिशु काखी च्यापेर चुनावी प्रचारप्रसारमा लागेकी छिन् ।

१२ वैशाखमा मनोनयन दर्ता गर्न जाँदा उनी १२ दिनकी सुत्केरी थिइन् ।

मनोनयन दर्ता गरेसँगै उनी वडा तथा टोलटोलमा भएका प्रचारका कार्यक्रममा गइरहेकी छिन् । ‘छोरो जन्मेको दुई हप्ता भयो, अहिले घरदैलो अभियानमा छौं’, उनले भनिन्, ‘शिशुलाई पनि सँगै लगेर चुनाव प्रचारप्रसारमा छु । टिकट पाएपछि दौडधुप त गर्नै पर्‍यो नि ।’

आफ्नो बच्चाको स्वास्थ्य ख्याल राखिरहेको उनले बताइन् । ‘स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्छ भनेका छन्, खानपानमा त ध्यान दिएकै छु । चुनावी दौडधुप छ, परिवारको राम्रो साथ छ’, उनले भनिन् । ऐरलाई सहयोग गर्न उनका श्रीमान पनि आफुसँगै चुनावी प्रचारप्रसारमा जाने गरेका छन् ।

२०७४ सालको चुनावमा पनि उनले उपाध्यक्ष दाबी गरेकी थिइन् । तर कांग्रेसले उनलाई टिकट दिएन । ५ वर्षपछि पार्टीले टिकट दिएकाले उनी खुसी छिन् । २०७४ सालको चुनावमा सिगास अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेस लै जितेको थियो । त्यतिबेला चुनाव जितेका हरिसिंह धामीलाई नै कांग्रेसले दोहोर्‍याएको छ ।

सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भने पनि यहाँ तालमेल हुन सकेन । त्यसैले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवार उठाएका छन् ।

सिगास गाउँपालिका दुर्गमा पालिका हो । गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छ तर वडा तथा गाउँहरु सडक सञ्जालसँग जोडिएको छैन । उपाध्यक्षकी उम्मेदवार ऐरी पैदल नै हिंडेर सकेसम्म सबै गाउँ टोलमा पुग्ने लक्ष्यमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...