एमाले कावासोतीको प्रतिवद्धता पत्र सार्वजनिकः यस्ता छन् योजना

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

शुद्ध खानेपानीको सबैमा पहुँच, स्वास्थ्य बिमामा विभिन्न समुदाय र वर्गलाई अनुदान लगायतका योजना प्रतिवद्धता पत्रमा समावेश गरिएको छ । प्रतिवद्धता पत्र सार्वजनिक पश्चात बोल्दै मेयर पदका उम्मेदवार विष्णु प्रसाद भुसालले आफू लगायतको टिमले जित पश्चात समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको थियो ।
यस अघि बोल्दै जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले एमालेका उम्मेदवारले घोषणा गरिएका प्रतिबद्धता अनुसार काम गर्नेमा सबैमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले कावासोती मात्रै नभई नवलपुर भरि एमालेबाट उम्मेदवार बनेका प्रतिनिधिले जित पछि विकास , शुसासनलाई र समृद्धिका लागि काम गर्ने बताउनुभयो । यसकारण पनि पूर्ण विश्वास गरि एमालेका जिल्ला भरका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो ।
एमाले कावासोतीका प्रतिबद्धता पत्रका मुख्य मुख्य बुँदाहरु :

-भू–उपयोग नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
-नगरपालिकको प्रोफाइल अद्यावधिक गरी सोहि बमोजिम विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
-दीर्घकालीन, आवधिक एवम् वार्षिक योजना, गुरुयोजना एवम् विभिन्न क्षेत्रगत योजनाको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
-प्रारम्भिक बालविकास तथा शिक्षामा निश्चित भोगोलिक दूरीमा सबै बालबालिकाको पहुंँच रहने गरी विद्यालय नक्सांकन तथा अन्य आवश्यक व्यवस्था मिलाइनेछ ।
-नगरमा सञ्चालित प्राविधिक धारका विद्यालयहरुको थप प्रभावकारिता तथा अन्य फरक प्राविधिक धारका विद्यालय सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ । प्राविधिक विद्यालयमा अध्ययन गर्नका लागि हरेक वडाबाट विपन्न व्यक्तिहरुका लागि नीतिगत रुपमा छात्रवृत्तिको व्यवस्था गरिनेछ र अध्ययनपश्चात् रोजगारीका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
-अल्पसंख्यक, अपाङ्ग (रातो कार्ड भएका) तथा सीमान्तकृत समुदायबाट विद्यावारिधी (एजम्) गर्दा वार्षिक रु.१५,०००।– अनुदान प्रदान गरिनेछ ।
-प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयहरुमा एक विद्यालय–एक व्यावसायिक सीप विकास कार्यक्रम सञ्चालन गरी विद्यालय तहबाटै श्रमप्रतिको सम्मान र सीप विकासको अवसर प्रदान गरिनेछ ।
-नगरमा सञ्चालित क्याम्पसहरुलाई शैक्षिक सुधारका लागि अनुदानको व्यवस्था गरिनेछ र क्याम्पसहरुसँगको सहकार्य र समन्वयमा विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाइनेछ ।
-विद्यालय व्यवस्थापन समितिको प्रभावकारी प्रबन्ध, अभिमुखीकरण र जवाफदेहिताका लागि नगर शिक्षा ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
-नगरभित्र हाल सञ्चालनमा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुको वाँकी भवन निर्माण गरी स्वास्थ्य सेवालाई थप व्यवस्थित गरिनेछ ।
-नगरको उपयुक्त स्थानमा प्रसूति र बाल स्थास्थ्य अस्पतालसहितको नगर अस्पताल स्थापना र सञ्चालनको कार्य अगाडि बढाउदै क्रमशः विशेषज्ञ सेवा प्रदान गर्दै लगिनेछ ।
-अति विपन्न, अपांगता भएका, सीमान्तकृत, अशक्त, सहिद परिवार तथा एकल महिला परिवारलाई स्वास्थ्य बीमा वापतको रकमको ५० प्रतिशत अनुदान नगरपालिकाले उपलब्ध गराउनेछ ।
-महिला स्वास्थ्य स्वयम्सेविकाहरुले स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै क्रमशः थप प्रोत्साहन भत्ता प्रदान गरिनेछ ।
-कावासोती ८ मा रहेको आयुर्वेद अस्पतालको सेवालाई थप विस्तार गरी प्रभावकारी बनाइनेछ ।
-नगरपालिका, प्रदेश सरकार, संघीय सरकार तथा नेपाल नेत्रज्योति सङ्घसँगको समन्वयमा जग्गा व्यवस्थापन तथा अस्पताल निर्माण गरी आँखा तथा कानको उपचार सेवा प्रदान गरिनेछ ।
-मुटु, फोक्सो, कलेजो तथा मृगौलासम्बन्धी रोग र क्यान्सरका विरामीहरुको स्वास्थ्य उपचार खर्चमा ३३ प्रतिशत अनुदानको व्यवस्था गरिनेछ ।
बहुआयामिक भवन निर्माण गरी योग, ध्यान, मनोसामाजिक परामर्श तथा ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
-वडा नं. १७ मा सञ्चालित स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी एक मेडिकल अधिकृतसहितको सेवा विस्तार गरिनेछ ।
-मध्यविन्दु जिल्ला अस्पताललाई शिक्षण अस्पताल (ःभमष्अब िऋयििभनभ) मा परिणत गर्दै सवारी दुर्घटना आदिबाट आउने घाइतेको आकस्मिक उपचार गर्न सक्ने गरी ट्रमा उपचार केन्द्रको रुपमा विकास गरिनेछ ।
-पूर्व पश्चिम राजमार्गसँग जोडएका नगरका वडा नं. २, ३, ८, ९ र १६ वडाहरुमा ढल निकासका लागि नाला निर्माण गरी संकलित फोहोर प्रशोधन गरी व्यवस्थापन गरिनेछ र क्रमशः अन्य वडाहरुमा समेत ढल निकास विस्तार गरिनेछ ।
-नगरका सबै वडाहरुमा आधारभूत खानेपानी आपूर्ति तथा स्वच्छ पानी वितरणका लागि एक घर एक धारा कार्यक्रम लागू गरिनेछ ।
-फोहोर मैला व्यवस्थापनको गुरुयोजना तर्जुमा गरी हाल कायम व्यवस्थालाई थप परिस्कृत गरी दीर्घकालीन समाधानको विधि अवलम्वन गरिनेछ ।
-सङ्घीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरूसँगको समन्वय तथा सहकार्यमा नगरभित्र वाँकी रहेका विद्युतीकरणसम्बन्धी कार्यहरू सम्पन्न गरिनेछ ।
-बायोग्याँस उत्पादन प्रोत्साहनका लागि नगरबाट थप अनुदानको व्यवस्था गरिनेछ ।
-कृषि उत्पादनका लागि विद्युत सेवा विस्तार गरी कृषिका लागि मिटर जडान शुल्क वापत अनुदान प्रदान गरिनेछ ।
-भूमिगत सिंँचाइ, कुलो तथा नहर मर्मत, पोखरी ताल तथा टरुवा ताल जस्ता जलाधारका उपायबाट सङ्घ र प्रदेशको सहकार्यमा संभाव्य सबै कृषियोग्य क्षेत्रमा ५ वर्षभित्रै सिँचाइ सुविधा पु¥याउने ।
-नारायणी नदी तटीय क्षेत्रमा तटबन्ध गरी अन्य पालिकाहरुसँगको समन्वयमा पर्यटकीय सडक निर्माण गरिनेछ ।
-नगरभित्रका केरुङ्गे खोला, पत्थर खोला, लोकाहा खोला लगायतका खोलाहरुको नियन्त्रणका लागि तटबन्ध गरी हरित सडक र पैदल मार्ग निर्माण गरिनेछ ।
-कावासोतीको इन्द्रचोक र थकाली चोक (नमुना सदरमुकाम प्रवेश स्थल) मा आकाशे पुल निर्माण गरिनेछ ।
-नगर बस पार्कलाई सम्पन्न गरिनेछ । साथै पूर्व–पश्चिम राजमार्गको मुख्य मुख्य क्षेत्रमा संघीय एवम् प्रदेश सरकारसँगको समन्वयमा पार्किङ क्षेत्र विकास गरिनेछ । नगर यातायातको सञ्चालन, आटो पार्कको स्थापना गर्दै नगरभित्र सञ्चालनमा रहेका यातायातको भाडा निर्धारणको समुचित व्यवस्था गरिनेछ ।
-नगरभित्र सुरु भएको रिङ्गरोड निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । रिङ्गरोडमा परेका जग्गाको मुआब्जा दिइनेछ ।
-नगरको उपयुक्त स्थान (वडा नं. १, २, १४, १७) मा हवाई यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
-नगरमा कायम भएका तथा मापदण्ड नपुगेका बाटोहरुलाई एक पटकका लागि नक्साङ्कन गरी मोजाइक टायल लगाइनेछ ।
-भवन संहिता र नक्साको मापदण्ड तर्जुमा गरी कार्यान्वयन र नियमित अनुगमन गरिनेछ ।
-घर नक्सा पास प्रणालीलाई सरल र सहज बनाई र घर भवन निर्माणको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
-नमुना सदरमुकामका सरकारी भवन निर्माणमा संघीय सरकारसँग समन्वय तथा पहल गरिनेछ ।
-भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई नगरको भूमि सम्बन्धी ऐन, कानुन बनाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिनेछ ।
धान उत्पादन र पहिचानको लागि कृषि पकेट क्षेत्र (वडा नं. ७, १०, ११, १२, १३, १४, १५ र १७) घोषणा गरी आवश्यक कृषि औजार र सिंचाइको प्रबन्ध मिलाइेनछ ।
-तरकारी पकेट क्षेत्र (वडा नं. १, ४, ६, ७, १३, १४, १५, १६ र १७) घोषणा गरी विशेष अनुदानको व्यवस्था मिलाइनेछ ।
-माछापालन क्षेत्र पहिचान र व्यवस्थापनलाई प्राविधिकसहित पोखरी निर्माण कार्यका लागि अनुदानको व्यवस्था मिलाइनेछ ।
-कृषि पकेट क्षेत्रको रुपमा तोकिएका वडाहरुमा जग्गा प्लटिङ्ग वा खण्डिकरण हुनेछैन तर अंशबण्डाको हकमा भने खण्डिकरण हुनेछ ।
-दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप हाल प्राप्त अनुदानलाई वृद्धि गरी प्रति लिटर रु.२।५० अनुदान दिइनेछ ।
-बचत तथा ऋण सहकारीका माध्यमबाट उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन र वित्तीय पहँुच अभिवृद्धिमा जोड दिइनेछ ।
-भू–उपयोगिता नक्सासहित जमिनको पुनः सर्भे गरिनेछ ।
-जग्गा एकीकरण तथा जग्गा विकास र व्यवस्थापनलाई प्रोत्साहन गरिनेछ ।
-पर्यटकीय क्षेत्रको विकासका लागि वृहत् आयोजना सञ्चालनका लागि वडा नं. ७, १०, ११, १२, १३ र १ को महाराजाथान मन्दिर क्षेत्रमा विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।
-कावासोती १ मा रहेको भ्यू टावरमा पुग्ने सडकको स्तरोन्नति गरिनेछ र सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गर्न अनुदानको व्यवस्था गरिनेछ ।
-पोखरी ताल र टरुवा तालको निर्माण तथा व्यवस्थापन कार्य शिघ्र सम्पन्न गरिनेछ ।
-पर्यटन प्रवद्र्धन अन्तर्गत सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, होमस्टे, सामुदायिक वनहरुमा पदयात्रा मार्ग, पर्यटक गाइड, पर्यटन प्रहरी, जटायु रेष्टुरेन्ट, बालुवा डाँडा प्याराग्लाइडिङ, हेलिप्याड, पर्यटक बाहन लगायतका कार्यहरुको प्रवद्र्धन र विकाससम्बन्धी कार्यहरू गरिनेछ ।
-मठमन्दिर, गुम्बा, चर्च, मस्जिद, धर्मशाला, पाटी पौवा, अहिंसा बुद्ध पार्क, चौतारो लगायतका धार्मिक तथा ऐतिहासिक सार्वजनिक सम्पदाको संरक्षण र विकास गरिनेछ ।
-नगरमा विद्यमान घोसरघाट तथा अमलटारी दाहसंस्कार घाटहरुलाई अझ प्रभावकारी बनाई विद्युतीय दाहसंस्कार कार्यका लागि योजना बनाइनेछ भने आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि सुरक्षित र व्यवस्थित दाहसस्कार घाट निर्माण गरिनेछ ।

-नगरमा मूख्य क्षेत्रको पहिचान गरी खेल मैदान निर्माण, कवर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
-वडा नंं ६ मा नगर स्तरीय रंगशाला निर्माणलाई यथाशिघ्र सम्पन्न गरिनेछ ।
-वैदेशिक रोजगारबाट फर्केकाहरुको सीप, पुँजी र अनुभवलाई उद्यम र रोजगारमूलक क्षेत्रमा उपयोग गर्न तथा उनीहरुले सञ्चालन गरेका उद्यम र व्यवसायलाई प्रोत्साहन गर्नका लागि अनुदान कर छुटको व्यवस्थाका लागि आवश्यक ऐन निर्माण गरी कार्यान्वयन गरिनेछ ।
-सबै गर्भवती महिलाले स्वास्थ्य केन्द्रमा गई प्रसूति हुने गरी पूर्वाधार र प्रोत्साहनको व्यवस्था गर्ने तथा गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण, मातृत्व शिक्षा र शिशु स्याहारसँग सम्बन्धित हाल सञ्चालित आमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । स्वास्थ्य नीति अनुरुप स्वास्थ्य परीक्षण गरी सुत्केरी भएमा भत्ता वापत रु.५,०००।– अनुदान उपलब्ध गराइनेछ ।
-महिला उद्यमशीलतामार्फत् स्वरोजगारी बढाइने छ र महिलाको समान ज्याला सुनिश्चित गर्ने तथा लैङ्गिक हिंसा, घरेलु हिंसा तथा सामाजिक भेदभाव हटाउनेसँग सम्बन्धित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
-कावासोती ३ मा जग्गा व्यवस्थापनसहित ज्येष्ठ नागरिक मिलन केन्द्र गरी स्वास्थ्य परीक्षण सेवा, उनीहरूको अनुभवको उपयोगसम्बन्धी कार्यका लागि विशेष कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।
-असहाय एकल महिला तथा ज्येष्ठ नागरिकहरुका लागि पालिका स्तरीय संरक्षण केन्द्र स्थापना गरी उनीहरुका लागि गुणस्तरीय भोजन, सुरक्षित आवास तथा नियमित उपचारको व्यवस्था गरिनेछ ।
-गरिबीसम्बन्धी तथ्याङ्क सङ्कलनमार्फत विपन्न वा निरपेक्ष गरिब परिवारको पहिचान गरी गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
-वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम एउटा सीपमूलक तालिम दिने व्यवस्था मिलाइनेछ ।
-हरित सहर विकास कार्यक्रम तर्जुमा गरी वडा नं. १४, १५ र १७ मा हरित सडक निर्माण गरिनेछ भने अन्य क्षेत्रमा क्रमशः सहरी क्षेत्रको सडक हरियाली योजना, गाउँ सहर सौन्दर्यकरण र पार्कहरूको विकाससम्बन्धी कार्यहरूलाई प्रभावकारी बनाइनेछ ।
-मध्यवर्ती क्षेत्रमा वन्यजन्तु द्वन्द व्यवस्थापन अन्तरगत पर्खालसहितको मेसजाली निर्माणको कार्य सम्पन्न गरिनेछ ।
-प्रदेश सरकारसँगको समन्वयमा वडा नं. १ लोकाहामा औद्योगिक क्षेत्र स्थापना र औद्योगिक पूर्वाधारको विकासको कामलाई अगाडि बढाइनेछ ।
-विभिन्न समयमा आयोजना हुने व्यापार मेला, प्रदर्शनी तथा महोत्सवका लागि स्थानको व्यवस्था तथा ठूला सभा–सम्मेलन गर्नका लागि नगरको उपयुक्त स्थानमा सम्मेलन केन्द्रको स्थापना गरिनेछ ।
-प्रगतिशील कर निर्धारण गर्ने नीति अनुरुप करको दरमा वृद्धि नगरी कर लाग्ने क्षेत्रहरुको दायरा बढाइनेछ ।
-आवश्यक कानुन तर्जुमा गरी नगर स्थित केरुङ्ग् खोला लगायत अन्य खोलाहरुको नदिजन्य पदार्थको उत्खनन् गरी स्रोत व्यवस्थापन गरिनेछ ।
-नगर योजना आयोगको व्यवस्था गरी विधि सम्मत् नगरको बजेट निर्माण गर्ने व्यवस्था मिलाइनेछ ।
-विपन्न तथा गरिबका लागि निःशुल्क कानुनी सेवाका लागि सहयोग र सहकार्यको व्यवस्था मिलाइनेछ ।
-वडा तथा पालिकास्तरीय प्रोफाइल तयारी र नियमित रुपमा अद्यावधिक गर्ने प्रणालीको विकास गरिनेछ ।
-निर्माण हुन वाँकी ६, १३ र १६ नं. वडा कार्यालय भवन निर्माण कार्यलाई यथाशिघ्र सम्पन्न गरिनेछ ।
-भौगोलिक क्षेत्र, जनसङ्ख्या, गरिबी र विकासको अवस्थाका आधारमा वडा तहमा बजेट विनियोजन गरिनेछ ।
न-गरपालिका, वडा कार्यालय र जनप्रतिनिधिहरूले सम्पादन गर्ने कार्यमा पारदर्शिता, जनसहभागिता, योजनाबद्ध कार्यप्रणाली, उत्तरदाययपना, जवाफदेहिता, समानता र समावेशिता, प्रभावकारी कार्य सम्पादन, सदाचार, उच्च नैतिकता आदिको प्रत्याभूत हुने व्यवस्था मिलाइनेछ ।
-१०० वाटसम्मका रेडियोको अनुमति तथा ५०० वाटसम्मका रेडियोको नवीकरण नगरबाटै हुने व्यवस्था मिलाइनेछ
हरेक वर्ष नगरको विकासका लागि कलम चलाउने एक जना मिडियाकर्मीलाई सम्मान गरिनेछ ।
-कावासोती ३ मा रहेको गौशालालाई थप व्यवस्थित गरिनेछ ।
-नागरिकको गुनासो समयमा नै सङ्कलन र सम्बोधन गर्न कार्यविधि र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र हेलो कावासोती नामक हट लाइन र -मोवाइल एप निर्माण गरी नागरिक गुनासो÷उजुरी सङ्कलन र त्यसको शीघ्र सम्बोधन हुने व्यवस्था गरिनेछ ।
-नगरपालिकाको काम कार्यवाहीलाई बढी मितव्ययी र सदाचारयुक्त बनाई जिम्मेवारी र उत्त रदायित्व स्पष्ट किटानी गर्ने प्रणालीको अवलम्बन गरी जवाफदेहिताको स्तरमा सुधार गरिनेछ ।
-लागू औषध दुव्र्यसन न्यूनीकरण तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
-समाजमा विद्यमान परम्परागत सीप तथा व्यवसायलाई प्रवद्र्धन गर्दै यसको आधुनिकीकरणमा जोड दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...