भैरहवामा बुद्व एयरको जहाजको टायर पड्किदा उडान अवरुद्ध

बैशाख १७, भैरहवा । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड़ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।

अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।

बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्काक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ । ती यात्रुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि बुद्ध एयरले बताएको छ ।

सेतो कागजको सम्बाददाता – शान्ति पोख्रेल

भैरहवा गौतम बुद्व बिमानस्थल 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search