उम्मेद्वारहरुलाई आज चुनाव चिह्न वितरण गरिँदै

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख १७,  नवलपुर।  स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गर्दैछ । शुक्रबार अपरान्हसम्म करिब चार हजार उम्मेदवारले नाम फिर्ता लिएकाले बाँकी उम्मेदवारहरुलाई शनिबार आयोगले चिह्न प्रदान गर्न लागेको हो ।  स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गर्ने आयोगको तयारी छ । निर्देशिकामा राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलले आफ्नो दलकै निर्वाचन चिन्ह पाउने व्यवस्था छ ।

 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीले देशैभरि आफ्नो निर्वाचन चिह्न पाउनेछन् । राष्ट्रिय दलको मान्यता नपाएका तर पछिल्लो संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिह्न पाउँछन् ।

आयोगका अनुसार विवेकशील साझा, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपासहित यस्ता दलहरूको संख्या २३ रहेको छ । यसबाहेकका स्वतन्त्र वा बागी उम्मेदवारहरू भने आयोगले तय गरेका विभिन्न ४० वटा नमुनामध्येबाट निर्वाचन चिह्न पाउने व्यवस्था छ ।

स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारहरूलाई उनीहरूले रोजेकै चिह्न प्रदान गरिने व्यवस्था गरेको छ । तर दुई वा त्यसभन्दा बढी उम्मेदवारहरूले एउटै चिह्न रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम छ । आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि खसीको टाउकोदेखि गुलाबको फूलसम्म निर्वाचन चिह्न तय गरेको छ । निर्वाचन  यहि बैशाख ३० गते हुँनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...