पूर्वी नवलपरासी — कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब ४ सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ ।
स्थानीय राज चापागाईंका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि विद्युत् प्राधिकरण कावासोती शाखामा खबर गरेपनि टोली शनिबार बिहान फिल्डमा आएको छैन ।
विद्युत् प्राधिकरण कावासोती शाखाले धेरै स्थानमा हावाहुरीले पोल ढलेका कारण नयाँ पोल पठाउने र काममा खटाउन थालिएको जानकारी दिएको छ । ‘धेरै स्थानमा त्यस्तै समस्या भएकाले जोडतोडले काम सुरु भइसकेको छ । दुई दिनभित्र विद्युत् दिने प्रयासमा छौं,’ प्राधिकरणका कर्मचारी नमराज कडरियाले भने ।
Post Views: 206