भरतपुर । कांग्रेसका शीर्ष नेताको दबाब र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन् । आज शुक्रबार साँझ ५ बजेसम्म उम्मेद्बारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेद्बारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सुचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।
जगन्नाथ पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेद्बारी दिएका हुन् । उनलाइ मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । तर पौडेललाइ मनाउन नसकेपछी दुबै मन्त्री आजै काठमाडौ फर्किएका छन् ।
Post Views: 220