नवलपुरमा आज चलेको मेघ गर्जन सहित हावा हुरीको वेगले उडायो घरको धुरी

प्रिय धन , हुप्सेकोट
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ बेलहानीमा शुक्रबार साँझ ६ बजेको समयमा आएको हुरिले घरको टिन उक्काईदिएको छ ।
वडा नम्बर ३ का डोलराज पाण्डेको घरको करीब १० पाता टिन उड़ाएर बिजुलीको तारमा अड़किएको छ । अन्य मानवीय क्षति भने नभएको बुझिएको छ । घरमा रहेका अन्न पनि अलपत्र अवस्थामा छ ।

हुरिले पाण्डेको घरको बिजुलीको कालो तार पनि चुँडाईदिएको छ । यस्तै पाण्डेको घर नजिकै किरण घिमिरेको घरमा पनि हुरिले कुखुरा खोरको टिन उड़ाएर काठे खोर नै पल्टाइदिएको छ ।

बिजुलीको तारमा अड़किएको टिनका बारेमा नेपाल विद्युत प्राधिकरण कावसोती शाखा र अरुणखोला शाखामा जानकारी गराईएको स्थानीय कमल पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search