देवचुलीमा २९ जनाको उम्मेदवारी फिर्ता, नामावली सहित

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

देवचुली,

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय दिएको थियो । शुक्रबार बेलुकी ५ बजेसम्म दिएको समय अनुसार देवचुली नगरपालिकामा २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएकी स्वतन्त्रबाट कञ्चन रेग्मी र प्रेमा कुमारी खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरि वडाध्यक्ष पदमा उम्मेदवारी दिएका वडा नं ११ का रेम बहादुर ठाडा मगर, वडा नं ९ का लिलाधर कंडेल, वडा नं ११ का नवराज भुसाल, वडा नं १४ का प्रेमप्रसाद भट्ट, वडा नं १७ का कृष्ण प्रसाद चापागाई, वडा नं १७ का तिलक बहादुर थापा, वडा नं ९ का मणिराम न्यौपाने, वडा नं ७ का पूर्णबहादुर काफ्ले, वडा नं ७ का कृष्ण अर्याल, वडा नं २ का यमनाथ बस्ताकोटीले उम्मेदवारी फिर्ता गराएका हुन् ।

यस्तै वडा सदस्य तर्फ वडा नं ३ का सुनिल राम गिरी, वडा नं १५ का नारायण तिमिल्सिना, वडा नं १४ का सरस्वती न्यौपाने, वडा नं ११ का गीता चापागाई, वडा नं २ का छविलाल बस्याल, वडा नं ७ का मिना सलामी मगर, वडा नं ७ का गुणाखर पाण्डे, वडा नं ७ का राम नारायण भुषाल, वडा नं ७ का ओमप्रकाश भट्टराई, वडा नं १ का मैनादेवि रायमाझी, वडा नं १७ का आनन्द प्रसाद पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

दलित महिला तर्फ वडा नं १३ का यम कुमारी सुनार, वडा नं ४ का मणिराम सार्की, वडा नं १ का तिल कुमारी वि.क, महिला सदस्य तर्फ वडा नं ४ का कुशुम भण्डारी र वडा नं १ का शान्ता सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएको देवचुली नगरपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...