देवचुलीमा सात जना उम्मेदवारले उम्मेद्वारी फिर्ता लिए

देवचुली । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका र फिर्ता लिन चाहनेहरूलाई आज बेलुका ५ बजे सम्म समय दिएको थियो । देवचुलीमा हाल सम्म ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा देवचुली वडा नं. ३ बाट सदस्य पदका उम्मेदवार सुनिल राम गिरी, वडा नं.९ बाट अध्यक्ष पदका उम्मेदवार लिलाधर कँडेल, वडा नं. ११ बाट अध्यक्ष पदका उम्मेदवार रेम बहादुर ठाडा मगर, नवराज भुसाल, वडा नं. १३ बाट दलित महिला सदस्य यम कुमारी सुनार, वडा नं. १४ बाट अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद भट्ट, वडा नं. १७ बाट अध्यक्ष पदका उम्मेदवार तिलक बहादुर थपा रहेको निर्वाचन कार्यालय देवचुलीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search