गैँडाकोट १० मा एमाले-राप्रपाको जनसम्पर्क कार्यालय स्थापना

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर, १६ वैशाख । नेकपा एमाले र राप्रपाले नवलपुरको गैंडाकोट नगरपालिका वडा नं १० मा जनसम्पर्क कार्यालय स्थापना गरेको छ । शुक्रबार नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपुरका सहईन्चार्ज रविन्द्र अधिकारीले एक समारोहका बीच कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले नेता अधिकारीले नेपाली काँग्रेसले एमालेसँग डराएकै कारण ससाना दलहरुलाई मिलाएर गठबन्धन गरेको बताउनुु भयो । तर त्यसका बाबजुत पनि नेकपा एमालेले देशैभरीबाट प्रचण्ड बहुमत ल्याएर पहिलो पार्टी बन्नेमा कुनै शंका नभएको नेता अधिकारीको दावी थियो ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रचार प्रसार गर्नका लागि स्थापना गरिएको जनसम्पर्क कार्यक्रमको उद्घाटन समरोहमा आफ्ना भनाईहरु राख्दै एमालेबाट मेयर पदका उम्मेदवार छत्रराज पौडेलले गत कार्याकालमा आफुहरुले नगरको विकाका धेरै कामहरु भएको र केही अधुरा कामहरु बाँकी रहेकाले पुरा गर्न पुनः एमाले र राप्रपाविच संयुक्त चुनावी तालमेल गरिएको भन्दै बिजय गराउन आग्रह गर्नुभयो ।

उपमेर पदका उम्मेदवार तुलाराम पौडेलले आसन्न निर्वाचन सत्य र असत्यको बीचमा हुने महाभारतको युद्ध जस्तै भएकाले सत्यको पृष्ठपोषण गरेको एमाले र राप्रपाका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष पदका उम्मेदवार देविदत्त कँडेलले यो निर्वाचन नेकपा एमाले र राप्रपाका लागि प्रतिष्ठाको बिषय भएकाले अवको १५ दिन दिनरात नभनी लागिपर्न आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका जिल्ला उपसचिव यमुनाथ आचार्य, राप्रपा का केन्द्रीय सदस्य निलकण्ठ काफ्ले, एमाले नगर अध्यक्ष षडानन्द लामिछाने र राप्रपाका केन्द्रीय पार्षद चन्द्रदत्त जैशी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...