चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन। चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा गएराती टेम्पो पल्टीदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।

टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रीत भई पल्टिँएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...