गैंडाकोटमा नेपाली काँग्रेसको घरदैलो अभियान,कृषकलाई उत्पादीत सामाग्रीको बजारिकरणका लागि कृषि एम्बुलेन्सको ब्यवस्था गर्ने

बैशाख १६ , गैँडाकोट । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु आफ्ना चुनावी एजेण्डा बोकेर घरदैलौमा पुग्न थालेका छन् । नेपाली काँग्रेसका नेता मदनभक्त अधिकारीले नगरप्रमुख पदमा उम्मेद्वारी दिएपछि चुनावी घरदैलोमा हिंड्न थाल्नुभएको छ ।

बिहीबार विहान नेपाली काँग्रेस गैँडाकोट ७ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले भन्नुभयो “गैँडाकोटका धेरै क्षेत्र कृषिका लागि योग्य क्षेत्र छन्, त्यस्ता क्षेत्रमा कृषकलाई व्यवासायिक योजनाका साथै उत्पादीत सामाग्रीको बजारिकरणका लागि कृषि एम्बुलेन्सको ब्यवस्था गर्ने छु ।” अधिकारीले कृषिका लागि महत्वपूर्ण योजनाहरु अघि सार्ने बताउनुभएको छ ।

कार्यक्रममा उपस्थिति उपप्रमुख पदका उम्मेदवार शान्ति कोइरालाले नगरको समुन्नत विकासका लागि महिला मैत्री साना र मझौला कृषि यन्त्रको वितरण गर्दै कृषिको व्यवसायिकरणमा जोड दिने बताउनुभएको छ । गैँडाकोट ७ का वडा अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले वडाको समृद्धि र समुचित बिकासका लागि सबैको सहयोगमा गुरुयोजना निर्माण गरेर मात्र अघि बढ्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस गैँडाकोटका नेता तथा कार्यकर्ताका साथै वडा सदस्यका उम्मेद्वारहरु तारा त्रिपाठी, धनबहादुर कुमाल, इश्वरी जिसि र छलिमाया परियार लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search