काठमाडाैं । स्थानीय निर्वाचनका लागि गरिएको चुनावी तालमेलले नेपाली कांग्रेसका पुराना नेता तथा कार्यकर्ताले आफूहरु अन्यायमा परेको भन्दै उम्मेदवारी फिर्ता नगर्ने पक्षमा अडिक छन् । धेरै जसो स्थानमा बागी उम्मेदवारी परे पनि कांग्रेस नेतृत्वलाई सबै भन्दा टाउको दुखाईको विषय भरतपुर र पोखरा भएको छ।
महानगरपालिकाको प्रमुखमा गठबन्धनको समर्थनमा रेनु दाहालले उम्मेद्वारी दिइरहँदा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
चुनावी तालमेलबारे केन्द्रमै विवाद भएकोले त्यसको असर तल्लै तहसम्म देखिएको छ।पार्टीको निर्णय मान्नुपर्छ भन्दै उम्मेदवारी फिर्ता गराउन पुगेका गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको टोली निराश हुँदै फर्केको छ।पाैडेलले भने, चुनावी माहोल मेरो पक्षमा छ, म उम्मेद्वारी फिर्ता लिन्न।
गरेर पौडेललाई ब्याक गराउने पहल गरे पनि पौडेल भने टसको मस भएनन् ,उल्टै उनले स्थानीय जनताको चाहना र भावना बुझेरै उम्मेदवार भएको बताए । नेतृत्वले स्थानीय तहको भावना नबुझ्दा निर्वाचनको मुखमा थुप्रै कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग गर्नेको संख्या दैनिक जसो बढी रहेको छ । सयौं नेता तथा कार्यकर्ताको गुनासोलाई जिल्ला, क्षेत्र र केन्द्रलेसमेत नसुन्दा कार्यकर्ताहरु कठोर निर्णय लिन बाध्य भएका हुन।
बारम्बार पाखा लगाउने काम भएको हुँदा अपहेलित भएर पार्टीमा बस्न मन नलागेको उनीहरु बताउँछन् ।गठबन्धनका उम्मेदवार रेनुलाइ मत काटिने पो हो कि भन्ने डर छ।