बैशाख १५ , गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सले आज परीक्षण उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको एयरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो ।
जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने जनाईएको छ ।
गौतमबुद्ध विमानस्थलमा गएको वैशाख १ गते नै नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो । विमानस्थलबाट आउँदो जेठको १५ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ ।
Post Views: 213