वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसँग निर्वाचन आयोगक आग्रह

आगामी वैशाख ३० गते सार्वजनिक बिदा दिनका लागि निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ। आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिदा दिनका लागि आग्रह गरिएको जानकारी दिए।

वैशाख २८ देखि ३० गते सम्म मतदान स्थल भएको विद्यालयहरूमा विद्यालय हस्तान्तरण गरेर वैकल्पिक माध्यमबाट सिकाइको काम जारी राख्न मुख्य सचिव मार्फत आग्रह गरेको उनले बताए। अहिले सम्म ७२ जिल्लाको लागि १ करोड ७७ लाख ७५ हजार  मतपत्र छापिसकिएको तथा ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको उनले बताए।

आज दिउँसो ३ बजेसम्म निर्वाचन आयोगमा प्रविष्ट भएको तथ्यांक अनुसार कुल १ ५३ हजार २ जना उम्मेदवारको उम्मेदवारी मनोनयन भएको उनले बताए।

प्रमुखमा ३ हजार ५१०, उपप्रमुखमा २ हजार १६७, अध्यक्षमा ३ हजार ३ सय ८७, उपाध्यक्षमा २ हजार ४०१ जनाको उम्मेदवारी मनोनयन भएको उनले बताए।

त्यसै गरी वडाध्यक्षमा ३५ हजार ३५३ जना, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको उम्मेदवारी मनोनयन भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search