चक्कु प्रहारबाट एकै घरका तीन जना घाईते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

अछाममा गएराति भएको चक्कु प्रहारबाट एकै घरका तीन जनासहित चार जना घाइते भएका छन् । चक्कु प्रहारबाट सिकिस्त भएका दुई जनालाई जिल्ला अस्पताल लगिएको छ ।

बिहे भोजको विषयमा विवाद उत्पन्न भएपछि भएको उक्त घटनामाढकारी गाउँपालिका–३, चोइटीखालीका मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा घाइते भएका हुन्
मानबहादुर र हिक्मतको अछाम अस्पतालमा र तुलसी र खगेन्द्रको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको हो । मानबहादुर जनज्योति प्राथमिक विद्यालयका प्रधानाध्पाक हुन । हिक्मत र तुलसी एकैघरका दाजु र बहिनी हुन् ।

घटनामा संलग्न भएको आरोपमा ढकारी गाउँपालिका–१ निवासी तपेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार अन्य व्यक्तिको खोजी र घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...