पत्रकारहरुलाई चितवनको सौराहमा निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

चितवन: नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा चितवनको सौराहमा निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिमको आयोजना गरिएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई लक्षित गरेर तालिमको आयोजना गरिएको पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले जानकारी गराउनुभयो।

कार्यक्रमको अध्यक्षता बिपुल पोख्रेल तथा संचालन पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले गर्नुभएको थियो।
तालिममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्याल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायत  बाग्मती र गण्डकी प्रदेशका ३० भन्दा बढि पत्रकारहरुको सहभागीता रहेको छ। तालिममा निर्वाचनको समयमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने बिषयबस्तुमाथी छलफल हुनेछ।

तालिमका मुख्य प्रशिक्षक चिरञ्जीवी अर्याल हुनुहुन्छ। तालिम भोलिसम्म संचालन हुने आयोजकले जनाएको छ। सातै प्रदेशका पत्रकारहरुलाई समेट्दै ईटहरी, चितवन र नेपालगन्जमा तालिम सन्चालन हुने पोख्रेलले जानकारी गराउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search