म्यानमारकी नेतृ आङ साङ सुकीलाई थप ५ वर्ष जेल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

सेनाले शासन चलाइरहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल सजाय सुनाएको छ अदालतले भ्रष्टाचारको आरोपमा ७६ वर्षीया सुकीलाई दोषी ठहर गर्दै उक्त जेल सजाय सुनाएको हो।

सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोप छ। सुकीलाई न्यपेतस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाईपछि उक्त सजाय सुनाएको हो। २०२१ को फेब्रुअरीयता सुकी घरमा नै नजरबन्दमा रहँदै आएकी छिन्। सुकीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै मुद्दा लगाइएको छ। यद्यपि उनले सबै आरोप अस्वीकार गर्दै आएकी छन्।

सेनाले म्यानमारमा एक वर्षअघि सत्ता हातमा लिएपछि अहिलेसम्म सुकीलाई सञ्चारमाध्यमसँग पनि कुरा गर्ने अधिकार दिएको छैन।

यससँगै सुकीको समग्र जेल सजाय ११ वर्ष पुगेको छ। यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड–१९ विरुद्धको नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाएको थियो।

अझै पनि सुकीमाथि थप १० ओटा भ्रष्टाचारको मुद्दा छन्। जसमा उनलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

सबै मुद्दामा सुकी दोषी ठहर भएको खण्डमा उनलाई १९० वर्षसम्मको जेल सजाय हुन सक्ने केहीको आकलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...