देवचुलीको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना मेयर सहित अन्य पद सहित १६ जनाको उम्मेदवारी

नवलपुर , आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना मेयर सहित अन्य विभिन्न पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

देवचुलीको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलेनी निवासी ४१ बर्षीय कल्पना श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो ।

यसैगरि देवचुलीका अन्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा उपप्रमुख पदका लागि देवि प्रसाद खनाल र वडाध्यक्ष पदका लागि हरि प्रसाद पौडेल, दिपक रेग्मी, टेक बहादुर मगर, चित्र बहादुर सोती, दिल बहादुर राना, बालानन्द अर्याल, यम प्रसाद भुसाल, चन्द्रकान्त भुसाल, विकास सिग्देल, जिवन राम महतो, कृष्णकुमार श्रेष्ठ, मन बहादुर रानाभाट, सुमन अधिकारी, पदमा पौडेलको उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search