निर्वाचन आयोगले ७७ जिल्लामै निर्वाचन सामग्री पठायो

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं, १२ वैशाख । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिएका हुन् ।

उनले बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको बताए । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...