नवलपुर, १२ वैशाख । स्थानीय तहको निर्वाचनमा गैंडाकोट १० मा नेकपा एमाले नगर कमिटी अध्यक्ष रुद्रप्रसाद अधिकारीलाई वडाध्यक्ष पदमा उम्मेदवार उठाउन उनका समर्थकले पाटी परित्याग गरेका छन् । एमालेले अध्यक्ष पदमा देविदक्त कंडेललाई उम्मेदवार उठाएको थियो । एमालेको निर्णयमा असन्तुष्ट रहेका कार्यकर्ताले सोमबार पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेका हुन् ।
नेकपा एमाले नगर कमिटी सदस्य रुद्र प्रसाद अधिकारीको नेतृत्वमा जिल्ला कमिटीका सदस्य रामुकान्त अर्याल, लालबहादुर आले, लेखा आयोग सदस्य होमबहादुर गुरुङ, नगर कमिटी सदस्य मेघराज सुवेदी, रेशम माया गुरुङ, चित्रबहादुर मगर, वार्ड कमिटी उपाध्यक्ष सुमन गैरे, उपसचिव तुलसी कँडेल, युवा संघ जिल्ला सदस्य धनबहादुर गुरुङ, युवा संघ १० को अध्यक्ष विक्रम गुरुङ, युवा नेता नरेश काफ्ले, पुराना नेता हेमलाल कँडेल, मजदुर नेता बलराम अर्याल, ऋषि सुवेदी, रवि महत्व दलासरा आले माया आले कृष्णकुमारी भुषाल लगायत ३० जनाले पार्टी परित्याग गरेका हुन्।
उनीहरुले रुद्रप्रसाद अधिकारीलाई वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाउने निणर्य समेत गरेका छन् ।