नवलपुरमा काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाबीच जुट्यो सहमति

नवलपुरमा काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाबीच सहमति जुटेको छ ।

सहमति अनुसार माओवादी केन्द्रले कावासोती र देवचुलीमा उपमेयर लिने र अन्य पालिकामा प्रमुख र उपप्रमुख काँग्रेसले लिने भएको छ । हुप्सेकोटको हकमा भने आपसी सहमतिमा हुप्सेकोटको संयन्त्रले गरेको निर्णय मानिने भएको छ ।

माओवादी केन्द्रले गैडाकोटमा २, मध्यविन्दुमा २, मध्यविन्दुमा ३ र कावासोती १ गरी ७ वटा वडाध्यक्ष र केही वडासदस्यहरु पाएको छ ।

माओवादी केन्द्रले गैडाकोट १३ र १७ मा वडाध्यक्ष, देवचुली १ र १६ मा वडाध्यक्ष, कावासोती १६ मा वडाध्यक्ष, मध्यविन्दु ६, ७ र १० मा वडाध्यक्ष पाएको छ । कावासोती १४ मा दुवै पक्षले वडाध्यक्षमा उमेदवारी दिने र पछि सहमति गर्ने जनाइएको छ । त्यसैगरी गैडाकोट १० मा जनमोर्चाले वडाध्यक्ष लिने भएको छ । अन्य दलसँग छलफल जारी रहेकाे काँग्रेस नवलपुरले जनाएकाे छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search