देवचुलीमा नेकपा एमालेमा ,मेयरमा हरिप्रसाद न्यौपाने र उपमेयरमा पार्वता तिवारीलाई उम्मेदवार बनाउने तय

१२ बैशाख, नवलपुर ।
देवचुलीमा नेकपा एमालेले नगर प्रमुख र उपप्रमुखमा पुरानै अनुहारलाई दोहोर्याएको छ । उम्मेदवारी दर्ता गर्ने दिनको सम्मुखमा मेयरमा हरिप्रसाद न्यौपाने र उपमेयरमा पार्वता तिवारीलाई उम्मेदवार बनाउने तय भएको एमाले स्रोतले जनाएको छ ।

अगिल्लो निर्वाचनमा समेत उम्मेदवार बनेका यी दुईमध्ये नगर प्रमुखमा न्यौपाने नेपाली काँग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए भने उपमेयरमा नेपाली काग्रेसका लक्ष्मीदेवी बस्ताकोटीलाई तिवारीले पराजित गर्दै उपमेयर बनेकी थिईन् ।

उपमेयर तिवारीले आफ्नो उम्मेदवारी मेयरमा रहेको बताएकी थिईन् । मेयरमा दावी गरेकी तिवारीलाई पुनः उपमेयरमै दोहोर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search