आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

 

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुने हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।

७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ । मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन्  । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  तर, ठूला  दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । अनलाइन खबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search